सायद
रगतभन्दा अलिकति गह्रुङ्गो हुन्छ आँसु

रगत बगेर सकिन्छ
दुख्छ सिद्दिन्छ – र सिध्याउंछ
आँसु सक्किन्न
जति बगे नि सक्किन्न
बिझ्छ, बिझिरहन्छ
एकैछिनलाई हराएजस्तो गर्छ
र वर्षौंपछि फेरी उर्लेर आउँछ
खाट मुनिको बाक्सामा भाको पुरानो फोटो देखेर

सायद
रगतभन्दा अलि धेरै गह्रुङ्गो हुन्छ आँसु

छाला च्यातेर निस्किन्छ रगत
आँसु, मुटु च्यातेर
न सिउन मिल्नु, न त टाल्नु
थिचिराखे फुट्ला
खुल्ला छोडे कुइएला, अरुलाई गन्हाउला
न त छोड्छ रातो दाग, पखालेर फाल्नलाइ
छोड्छ केवल एउटा गहिरो कुवा
जसको भुइँ सायद छैन

Leave a comment

Your email address will not be published. Required fields are marked *